Dhulikhel Eco Banner new

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

4.04K
shares

काठमाडौं, १३ चैत । सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य २०० र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य २०० रुपैयाँले घटेर तोलामा १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ९ हजार २०० रुपैयाँ रहेको थियो । सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।