Dhulikhel Eco Banner new

आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको नेता सिंहको भनाई

3.37K
shares

काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका छन् ।

सोमबार काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले, २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका हुन् ।

उनले भने ‘४६ सालको परिवर्तनपछी प्रतिबन्धित अवस्थाबाट पार्टी खुल्ला राजनीतिमा आएपछि मूल्य मान्यता र आदर्शको राजनीति संस्थापक नेताहरुले देखाएको बाटोमा हामीले कति ध्यान दिएका छौं । त्यसमा मनन गर्न आवश्यक छ ।’

संस्थापक नेताहरूको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको उनको टिप्पणी छ । शक्ति केन्द्रित राजनीतिमा आफ्नो सिद्धान्तको ख्याल गरिएको छ की छैन भन्ने कुरामा सोच्न जरुरी रहेको बताएका उनले पावर बेस पोलिटिक्समा रुपान्तरण भएको कारणले मूल्य मान्यताको राजनीति, आदर्शको राजनीति ओझेलमा परेको बताए ।