Dhulikhel Eco Banner new

जानकी मेडिकल कलेजमा डाक्टरको बदमासी : चेक जाँचमा गलत रिपोर्ट

5.75K
shares

  काठमाडौं, १३ चैत । जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको लागि पुगेकी एक गर्भवति महिलालाई फरक फरक रिपोर्ट दिएपछि बिरामी पक्ष तनावमा छन् ।

जानकी मेडिकल कलेजमा गरिएको चेकजाँचको क्रममा एक गर्भवति महिलालाई समय, महिनाको फरक देखाएको हो । जानकी मेडिकल कलेजको रिपोर्टमा मात्र ३२ हप्ता पुगेको भन्दै बिरामीलाई त्रसित बनाएको थियो ।

डाक्टर प्रमोद कुमार साहले धनुषाको सपही बस्ने अन्जु कुमारी यादवले गर्भवति जाँचको लागि जानकी मेडिकलमा जाँदा उनलाई ३२ हप्ता ४ दिन मात्र भएको रिपोर्ट दियो भने अन्जु पुनः लक्की अल्ट्रासाउण्डमा चेकजाँच गराउँदा ३६ हप्ता २४ दिन देखाएपछि बिरामी पक्ष र डाक्टर प्रमोद साहबीच मनमुटाव उत्पन्न भएको हो ।

डाक्टर प्रमोद साहले गर्भवति अन्जुलाई बच्चा हुने समय नै नपुगेको बताएका थिए । यसरी एक महिना समय नै घटाएर भनेपछि बच्चासहित सुत्केरीको समेत ज्यान जाने खतरा हुन सक्थ्यो । मात्र ३२ महिना ४ दिन भनेर मास नपुगेको भन्दा अन्जुका परिवारजनले डाक्टर साहलाई प्रश्न गरेका थिए । त्यसपछि डाक्टर साहले उल्टै अन्जु र उनका परिवारलाई जहाँ जानुछ जाउ, कसैले केही गर्न सक्दैन भनेर जवाफ दिएका थिए ।

लक्की अल्ट्रासाउण्डले गरेको चेकजाँच अनुसार अन्जुले शुक्रबार नै बच्चा जन्माएकी हुन्  । त्यहाँको रिपोर्ट ९ महिना २४ दिन पुगेको भनेर दिएको थियो । गर्भवतिलाई जबरदस्ती भर्ना गर्ने, डर देखाएर रकम असुल्ने प्रवृतिले चिकित्सकहरु माथिबाट विश्वास गुम्दै गएको स्रोतले जनाएको छ ।