माइतीघरमा मेयर बालेन विरुद्ध सुकुम्बासी मोर्चाको नाराबाजी
वि.सं.२०७९ चैत १३ सोमवार १४:२९
shares

काठमाडौं, १३ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रर्दशन भएको छ । मेयर शाहले सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै सोमबार बिहान माइतीघर मण्डलामा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले विरोध प्रर्दशन गरेको हो ।
काठमाडौंको नयाँ बानेश्वरदेखि, माइतीघरसम्म प्रर्दशन गरेका उनीहरुले आफूहरुलाई उठिबास लगाउने काममा मेयर शाह लागेकाले प्रर्दशनलाई निरन्तरता दिइएको बताएका छन् । विरोध प्रर्दशनकारीले पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्नुपर्ने, उनीहरुमाथि लगाइएका मुद्धा खारेज गर्नुपर्ने लगायतका माग राख्दै मेयर शाहको विरोधमा चर्को नारा लगाएका छन् ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बालेन साहले चुनाव अगाडि सकुम्बासीहरुलाई गरेको बाचा पूरा नगरेको भन्दै आक्रोस पोखे । उनले भने, ‘तिमीलाई एउटा कुरा सम्झाउन चाहन्छौ । बालेन शाह ७० लाख सुकुम्बासी छन् । ७० लाखलाई जेलमा राख्ने व्यवस्था गर पहिला जेल बनाउ अनि जेल हाल्न खोज । हाम्रो बास उठाउँदै छौ भने हामी जेल बस्न तयार छौं । हिजो चुनावमा उठ्दा भनेको थियौ गरीबको बोल्दीने कोहि छैन् चमेली भन्दै गीत गाउँथ्यौ आज त्यो गीत मेयर बनेपछि बिर्सियौ ।’
उनले भूमिहिनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो संविधान, कानुन विपरित उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर शाहले गरिरहेको आरोप लगाउँदै उनले कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
















