Dhulikhel Eco Banner new

प्रधानमन्त्री भेट्न मिटरब्याज पीडित बालुवाटारमा

3.78K
shares

काठमाडौं, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न मिटरब्याज पीडित बालुवाटार पुगेका छन् । भेटमा प्रधानमन्त्री दाहाल समक्ष पीडितले आफ्ना पीडा सुनाउने कार्यक्रम रहेको छ ।

पीडितसँग भेटघाट गर्न आज बिहान ९ बजे समय तोकिएको थियो । अनामनगरस्थित तमू बौद्ध सेवा समितिमा बसेका उनीहरु प्रधानमन्त्री दाहाल भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।पीडितले भेट्न चाहेपछि प्रधानमन्त्रीले उनीहरुका लागि आज बिहान ८ बजेका लागि समय तोकेका थिए । तर, उनीहरु पैदलै हिँडेर जानु पर्ने भएका कारण निर्धारित समयमा पुग्न सकेका थिएनन् ।

पीडित पक्षका तर्फबाट वार्ता समितिका संयोजक मनोज पासवानले प्रधानमन्त्री दाहालसँग भेट्वार्ता गर्ने समय तोकिएको बताए । उनले भने,‘हामीले आफ्ना पिडा प्रधानमन्त्रीलाई राख्न चाहेका थियौं । उहाँलाई बसेकै ठाउँमा आईदिन भनेका थियौं । तर, उहाँले भ्याउनु भएन । त्यसो हुँदा हामी आफै बालुवाटार गएका हौं । अहिले उहाँसँग भेटवार्ता हुँदैछ ।’