Dhulikhel Eco Banner new

राष्ट्र बैंकलाई अभिभावकिय भूमिका खेल्न सीबीफीन अध्यक्ष गोल्यानलको आग्रह

4.3K
shares

अकाठमाडौं, १८ चैत । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) का अध्यक्ष पवन कुमार गोल्यानले राष्ट्र बैंकलाई वित्तीय संस्थाहरुको अभिभावकिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीसँगको भेटका क्रममा अध्यक्ष गोल्यानले यस्तो आग्रह गरेका हुन् ।

‘राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय मात्र नभई अभिभावक संस्था समेत हो । अभिभावकले बैंक तथा वित्तीय संस्थाहरुमाथि भइरहेको आक्रमणमा अभिभावकिय भूमिमा पनि खेल्नु पर्छ,’ उनले भने । सो भेटमा बैंकिङ क्षेत्रमा विकसित घटनाक्रम, देशको समग्र आर्थिक अवस्था र सुधारका सम्भावित उपायहरुका बारेमा सुझाव समेत पेश गरिएको थियो ।

अध्यक्ष गोल्यानको नेतृत्वमा गएको टोलिले बैंक तथा वित्तीय संस्था र कर्मचारीमाथि सुनियोजित एवं श्रृंखलाबद्ध रुपमा सञ्चालन भइरहेका अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप र सांघातिक आक्रमणहरुको विषयमा समेत गभर्नरको ध्यानाकर्षण गराएको थियो ।

भेटमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्रको गतिशीलताका लागि सबै सरोकारवाला पक्ष जिम्मेवार हुनु पर्ने बताएका थिए । गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा हाल देखिएका कतिपय समस्याहरु प्रणालीसँग जोडिएकोले प्रणालीगत सुधारमा जोड दिनुपर्ने पनि बताए । उनले कर्पोरेट क्षेत्रले समेत दीर्घकालीन बोण्ड जारी गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने उनको भनाइ थियो । बैंक तथा वित्तीय संस्थाहरुले जोखिमपूर्ण देखिएका कर्जाप्रति पूर्व सावधानी अपनाइ आवश्यक कार्य अगाडि बढाउन पनि गर्भनर अधिकारीले सुझाव दिए ।