थप १३६ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०८० वैशाख १ शुक्रवार १९:३४
shares

काठमाडौं, १ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणा गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितिको संख्या पनि ४०१ पुगेको छ । जसमध्ये ३२ जनाको संस्थागत आइससोलेशन र ११ जनाको आइसीयूमा उपचार भइरहेको छ । ३ जनाको भने भेन्टीलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आज कोरोनाबाट निको भएर ६८ जना घर फर्किएका छन् ।
संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोनावपिरुद्धको बुष्टर डोज खोप लगाउन सबैमा आग्रह गरेको छ ।



















