नयाँ वर्षसँगै मौलाकाली केबलकार सञ्चालनमा
वि.सं.२०८० वैशाख १ शुक्रवार २०:०५
shares

गैँडाकोट, १ वैशाख । नवलपुरको गैँडाकोटमा नयाँ वर्षसँगै मौलाकाली केबलकार सञ्चालनमा आएको छ । नयाँवर्षको अवसर पारेर शुक्रबार बाट केवलकारको सेवा सुरु गरिएको हो ।
नयाँ वर्षको अवसरमा पारेर केवलकारको सुरुवात गरिएको मौलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए । शुक्रबार बिहान विहान ६ वजेदेखि केबलकार सञ्चालनमा आएको हो । केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नम्बर ६ निवासी १०० वर्षीया बृद्धा सरस्वती कंडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए ।
केवलकार मार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्नसकिनेछ । करिब दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले दुइतर्फी टिकट मूल्य ५५० कायम गरिएको शाहले जानकारी दिए ।
उनका अनुसार केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरुको लागि ४१५ जेष्ठ नागरिकहरुको लागि ४१५ र फरक क्षमता भएकाहरुको लागि २७५ को टिकट दर राखिएको छ । केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ ।



















