Dhulikhel Eco Banner new

चोरीपैठारीका सामाग्रीसहित भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा

4.56K
shares

काठमाडौं, २१ वैशाख । सशस्त्र प्रहरीले १६ लाख ८९ हजार ५० रुपैयाँ मुल्य बराबरको अवैध सामाग्रीसहित र भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको छ ।

झापा मेचीनगर नगरपालिका–७ स्थित पूर्व–पश्चिम लोकमार्गको निन्दा पुल नजिकबाट सशस्त्र प्रहरीका सुरक्षाकर्मीले ईलेक्ट्रिक सामान र मोटरपाटर््ससहित भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ एटी ३९४० भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको हो ।

गाडीमा सामानको प्रज्ञापनपत्र तथा गाडीको सुविधा ईजाजतपत्र समेत नभएको फेला परेपछि सशस्त्रले सामान र गाडी नियन्त्रणमा लिइएको हो । नियन्त्रणपछि सशस्त्रले सामान र गाडी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।