सरकार सबै व्यवसायीको अभिभावक बन्नु पर्छ : उपराष्ट्रपति यादव
वि.सं.२०८० वैशाख २१ बिहीवार १२:५१
shares

काठमाडौं, २१ वैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लगानी मैत्री वातावरण बनाउन तथा उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताएका छन् ।
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २८ औं साधारणसभामा उपराष्ट्रपति यादवले नेपालमा ग्रील व्यवसायीले कोडिभ–१९ को महामारी, महाभूकम्प जस्ता विषम परिस्थितिमा पनि सेवा दिएकोमा प्रशंसा गरे । कार्यक्रममा उनले लगानी र व्यवसायीक वातावरण बनाउन सरकारले अभिभावको भूमिका निभाउनु पर्ने बताए ।
उनले भने,‘लगानी र व्यवसायीक वातावरण बनाउन र उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प छैन ।’
कार्यक्रममा उनले ग्रील व्यवसायीले आयात प्रतिस्थापन गर्न तथा रोजगारीको अवसर सिर्जना महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले ग्रील व्यवसायीको समस्या सम्वोधन गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु उद्योग तथा साना उद्योग महासंघ र नेपाल चेम्बर अफ कमर्सको ध्यानाकर्षण गराएका छन् ।
उनले भने ‘ग्रील व्यवसायीले भोग्दै आएको दक्ष जनशक्तिको अभाव, उद्योग दर्तामा आएको समस्या, वित्तिय पहुँचमा कमी, मूल्य वृद्धि, नविनतम प्रविधिको विकासमा कमी लगायतका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछु ।’

















