उपप्रधानमन्त्री श्रेष्ठ र नेपालका लागि बंगलादेशी राजदूत जाउद्दिनबीच भेट
वि.सं.२०८० जेठ ३२ बिहीवार १६:४०
3.82K
shares
shares

काठमाडौं, ३२ जेठ । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद जाउद्दिन बिच भेटवार्ता भएको छ ।
बिहीबार गृहमन्त्रालयमा भएको भेट वार्ता द्विपक्षीय हितको विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । नेपाल र बंगलादेशबीच हुने विद्युत व्यापार लगायतको विषयमा पनि उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत जाउद्दिनबीच छलफल भएको बताइएको छ ।



















