Dhulikhel Eco Banner new

बैंकर मल्लकाे ‘सफलता सम्भव छ’ विमाेचन

24.93K
shares

काठमाडौं, २ असार । बैंकर डा. बुद्धि मल्लले लेखेकाे पुस्तक ‘सफलता सम्भव छ’ विमाेचन गरिएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयाेजित विशेष समारोहबीच नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी तथा संघका पूर्व अध्यक्ष समेत रहेका नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले विमाेचन गरे ।

एनएमबि बैंकमा कार्यरत डा. मल्लले कसरी सफल बन्न सकिन्छ भन्ने विषयहरु समेटेर पुस्तक लेखेका हुन् । यश पुस्तकलाई शिखा बुक्स बागबजारले प्रकाशन गरेको हाे । १८८ पृष्ठ लामाे यस पुस्तककाे बजार मूल्य ४५० रुपैयाँ ताेकिएकाे छ ।