Dhulikhel Eco Banner new

स्वतन्त्र पार्टी फलेको वृक्ष हो, आलोचनाको ढुङ्गा हान्दैमा डराउनु पर्दैन : सभापति लामिछाने

4.47K
shares

काठमाडौं, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफैले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फलेको वृक्षको उपमा दिएका छन् ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको सन्र्दभमा आयोजित रक्तदान र वृक्षारोपण कार्यक्रममा उनले आफ्नो पार्टीबारे अन्य पार्टीका नेताले आलोचना गर्ने गरेको भन्दै उनले फलेको वृक्षमा सबैले ढुङ्गा हान्ने गरेको तर्क गरे।

‘हामीलाई दुश्मन सम्सझने सबै मञ्चबाट आजभोली नेताहरुको भाषणमा हाम्रो आलोचना भईरहेको देख्दा केहि साथिहरु दुःखी हुनुहुन्छ , म भन्छु दुःखी हुने कारणा छैन् । ढुङ्गा त तेही रुखमा हानिन्छ। जुन रुखमा फल लागेको छ।’ उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टी फल लागेको बृक्ष हो ।’

उनले सो ढुङ्गाको जवाफ मेयर हर्क साम्पाङले जस्तो पानी ल्याउने काममा प्रयोग गरेर दिने तर्क गर्दै भने, ‘हानीएका ढुङगालाई जवाफ फर्काउनु हुन्न त्यो ढुङगालाई जम्मा गरेर हर्क साम्पाङले जस्तो पानी ल्याउने काम गरे भई हाल्यो नि ।’