Dhulikhel Eco Banner new

नेपालमा योग पर्यटनको विकास गर्न सकिने प्रधानमन्त्री प्रचण्डको दावी

4.38K
shares

काठमाडौं, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा योग पर्यटनको विकास गर्न सकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवस २०२३ को सन्दर्भमा कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग सम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा पर्याप्त ध्यान दिएमा योग पर्यटनको विकास गर्न सकिने बताएका हुन् ।

उनले भने,‘ अन्तर्राष्ट्रिय योग दिवस मनाइरहँदा योग सम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा हामीले पर्याप्त ध्यान दिनुपर्दछ र व्यवस्थित ढङ्गले काम गर्नुपर्दछ । यसबाट नेपालमा योग पर्यटनको विकास गर्न सकिन्छ ।’

उनले योग नेपालकै अमूल्य निधि भएको बताएको टिप्पणी गरे । योग सम्वन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने उनको भनाई छ ।
उनले भने, योग नेपालकै अमूल्य निधि पनि हो । प्राकृतिक वातावरणको हिसावले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासका लागि एउटा सुन्दर भूमि हो र यो देश योग सम्वन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्छ ।’

उनले योगमाया आयुर्वेद विश्वविद्यालयले विश्वस्तरीय विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्दै प्राज्ञिक नेतृत्व गर्नु पर्ने तर्क गरे ।