पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश
वि.सं.२०८० असार ७ बिहीवार १२:३४
6.81K
shares
shares

काठमाडौं, ७ असार । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् ।
रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै शाहलाई पार्टीमा स्वागत गरेका हुन् ।
उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । शाह नेपालका सफल बैंकर मानिन्छन् । उनी पछिल्लो पटक नविल बैंकको सिइओको रुपमा कार्यरत थिए ।

















