Dhulikhel Eco Banner new

एलओडीका सञ्चालक श्रेष्ठ पक्राउ

6.14K
shares

काठमाडौं, २२ असार । प्रहरीले नाबालिगलाई क्लबभित्र प्रवेश गरेको आरोपमा लर्ड अफ द ड्रिङ्क्स (एलओडी)का सञ्चालक रुदिल बल्लव श्रेष्ठलाई पक्राउ गरेको छ। उनलाई आज (शुक्रबार) कुपण्डोलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यही मुद्दामा अर्का सञ्चालक राजुसिंह सुवाल बिहीबार नै पक्राउ परेका थिए। एलओडीमा जेठ ३१ गते छिरेकी एक बालिका सोही दिन सानेपामा बलात्कृत भएको सार्वजनिक भएपछि प्रहरीले सञ्चालक श्रेष्ठलाई अनुसन्धानको लागि पक्राउ गरेको हो ।

एलओडीको कम्पनी प्रबन्ध पत्रमा नाम उल्लेख भएका दुवै सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।