Dhulikhel Eco Banner new

उपत्यकामा थुप्रिएको फोहर उठ्न थाल्यो

4.21K
shares

काठमाडौं, ६ साउन । काठमाडौं महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडोलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए । यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।

केही दिन अघि फोहर विसर्जन गर्न स्थानीयले अवरोध गरे पनि हिजोदेखि निर्वाधरुपमा फोहर व्यवस्थापनको काम भइरहेको महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार महानगरले बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहर पुर्‍याउन थालेको छ ।

शुक्रबारदेखि फोहर बोकेका महानगरका गाडी ल्यान्डफिल्डसाइट पुग्न थालेपछि काठमाडौँ उपत्यकाको सडकमा थुप्रिएका फोहर एकदुईभित्रै उठाइसक्ने उनको भनाइ छ । फोहर बोकेका गाडीलाई ल्याण्डफिल्डसाइटसम्म पुर्‍याउन प्रहरीले सहयोग गरिरहेकाले पनि व्यवस्थापनमा सहज भएको प्रमुख श्रेष्ठले बताए ।