Dhulikhel Eco Banner new

दुई जनाको नागरिकता रद्द गर्ने सरकारको निर्णय

4.88K
shares

काठमाडौं, २४साउन । सरकारले वंशजका आधारमा झूटो विवरण पेश गरी लिइएका दुई जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले, जिल्ला प्रशासन कार्यालय, झुटो विवरण पेस गरी पर्साबाट वंशजका आधारमा नागरिकता लिएका अमन चौधरी अग्रवाल र कास्कीबाट सोफिया रुथ भण्डारीको नागरिकता रद्द गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

उनले भनिन् ‘गृह मन्त्रालयको प्रतावमा अमन चौधरी (अग्रवाल) ले झूटो विवरण पेश गरी जिल्ला प्रशासन पर्साबाट २०७७ कात्तिक २५ गते नागरिकता प्राप्त गरेको वंशजको आधारको नेपाली नागरीकता रद्द गरी निजलाई नेपाली नागरीकबाट हटाउँने र संलग्नलाई सोही कारबाही गर्ने निर्णय गरेको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सोफिया रुथ भण्डारीले लिएको वंशजको नागरिकता पनि मन्त्रिपरिषद्ले रद्द गरेको छ ।’