उपसभामुख रानालाई उपाध्यक्ष लामाले गरे मायादेवी मन्दिरमा स्वागत
वि.सं.२०८० पुस १ आइतवार १९:४६
shares

लुम्बिनी । बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा पर्यटकहरुको चाप बढिरहेका बेला प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानाले लुम्बिनीको भ्रमण गरेकी छन्। उपसभामुख राना लाई आइतबार संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषको उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले स्वागत गरेका हुन् ।
भेटमा उपाध्यक्ष डा.लामाले बृहत्तर लुम्बिनी क्षेत्रको विकास, ऐतिहासिक सम्पदाहरूको संरक्षण सहितको लुम्बिनीलाई विश्व शान्तिको सहरको रुपमा विकास गर्न आफू लागी परेको बताएका हुन् ।
पछिल्लो समय लुम्बिनीमा पर्यटकको चहलपहल बढ्दै गएको छ। विगतका दुई वर्षको तुलनामा दोब्बर पर्यटक लुम्बिनी घुम्न आएका छन्। पर्यटकको संख्या बढेसँगै लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित छन्।
कात्तिक, मंसिर, पुसमा लुम्बिनीमा पर्यटकको चाप बढी हुन्छ। तेस्रो मुलुक, भारत तथा आन्तरिक पर्यटकहरू लुम्बिनी आउने गरेका छन्।


















