नेप्से १२.१० अंकले घट्यो
वि.सं.२०८० माघ ३ बुधवार १५:२८
3.24K
shares
shares

काठमडौं, ३ माघ । नेप्से परिसुचक १२.१० अंकले घटेर २१६३ अंकमा झरेको छ ।
आज ९ अर्ब ७६ करोडको कारोबार भएको छ । ६३ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ४ को स्थिर रहेको छ ।
बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्यबाहेकका सबै समूह घटे । बैंकिङ ४, विकास बैंक ८, माइक्रोफाइनान्स ११ र अन्य समूह ३२ अंक बढे । फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै घटे ।



















