Dhulikhel Eco Banner new

सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुसँग संलग्नता बढाउन फेसवुक भिडियो प्रतियोगिताको आयोजना

3.94K
shares

काठमाडैं, १८ जेठ । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन पार्टनर फर प्रोग्रेस नामक फेसवुक भिडियो प्रतियोगिताको आयोजना गरेको छ । व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले यो प्रतियोगिताको आयोजना गरेको हो ।

भिडियो प्रतियोगिताको उद्देश्य भनेको साथी, आफन्त वा परिवारजनको जो कोही सदस्य वा कुनै संघ संस्था हुनहुन्छ हजुरको प्रगतिको साथी उहाँको साथमा एक भिडियो बनाई जीवनमा सकारात्मक परिवर्तन ल्याउन एक पार्टनरको भूमिका कत्तिको महत्वपूर्ण रहन्छ त भन्ने कुरालाई प्रस्ट्याउने हो । एक आम व्यक्तिको पनि वास्तविक जीवनको सफलताको कथा अरुलाई प्रेरणाको स्रोत बन्न सक्ने र यो भिडियो प्रतियोगिताले धेरैलाई प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

आफ्नो प्रेरणादायक कथाहरूलाई छोटो मोवाइल भिडियो वा फेसवुक रिलको रुप दिएर प्रतियोगितामा समावेश हुन सकिन्छ । एक मिनेट सम्मको समयावधि भएको भिडियो बनाएर प्रोग्रेसस हित फेसबुकमा भिडियो अपलोड गरि सिटिजन्स बैंकको फेसबुक पेज लाई ट्याग गर्नुपर्नेछ साथै सो भिडियो पव्लिक हुनुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीय भिडियोलाई सम्मान स्वरूप नगद पुरस्कार रु ५०,००० रु ३०,००० र रु २०,००० क्रमश प्रदान गरिने छ । यो प्रतियोगिता जेष्ठ महिनाभर संचालन हुनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।