Dhulikhel Eco Banner new

संखुवासभामा खोलाले बगाउँदा बालकको मृत्यु

5.47K
shares

काठमाडौं, २४ जेठ । संखुवासभाको भोटखोलामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। जिल्लाको भोटखोला गाउँपालिका–२ च्यामताङ घर भई हाल भोटखोला–४ गोलाबजारमा बस्दै आएका नापाङ भोटेका चार बर्षीय छोरा नामायाङ भोटेलाई बिहीबार विद्यालय जाने क्रममा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

बालक भोटखोला–४ स्थित गोलाबजारमा रहेको कृष्ण माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत थिए। ति बालकलाई स्थानीय वाङ खोलामा खेल्ने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ।

घटनाको खबर प्राप्त भएसँगै खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा बालकलाई खोलाको ढुङगाको चेपमा मृत अवस्थामा फेला पारेको हो। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।