सुडानको अर्धसैनिक आक्रमणमा सयजनाको मृत्यु
वि.सं.२०८१ जेठ २४ बिहीवार १६:२५
shares

काठमाडौं, २४ जेठ । मध्य सुडानको गाउँमा भएको अर्धसैनिक आक्रमणमा १०० जनाको मृत्यु भएको स्थानीय प्रजातन्त्र समर्थक आन्दोलनकारीको समितिले बिहीबार जनाएको छ।
सन् २०२३ अप्रिलदेखि नियमित सेनासँग युद्धमा रहेका र्यापिड सपोर्ट फोर्स आरएसएफले बुधबार अल–जजिरा राज्यको वाड अल–नौरा गाउँमा भारी तोपखानाले ‘दुई लहरमा’ आक्रमण गरेको मदनी प्रतिरोध समितिले जनाएको छ।
डराएका अर्धसैनिक बलहरूले ‘गाउँमा आक्रमण हुदाँ कैयौँ विस्थापित हुनुका साथै दर्जनौको ज्यान गएको’ बताएका छन्।
आक्रमणबाट सयौँ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने सयौँको सङ्ख्यामा मृतक तथा घाइते भएको पुष्टिको पर्खाइमा स्थानीयहरू रहेको स्रोतले जनाएको छ।
सामाजिक सञ्जालमा समितिले सार्वजनिक चोकमा ‘सामूहिक हत्या’ भएको भन्दै आँगनमा सेतो कफनको पङ्क्ति राखिएको भिडियो फुटेज सार्वजनिक गरेको छन्।
एक वर्षको समयभित्रै, युद्धले दशौँ हजार व्यक्तिको ज्यान लिएको छ। द्वन्द्वका कारण पश्चिम डार्फर सहरमा १५ हजारभन्दा बढी मारिएका छन्।
सुडानका लागि अमेरिकी विशेष दूत टम पेरियेलोका अनुसार युद्धमा परी मृत्युवरण गर्नेहरूको सङ्ख्या एक लाख ५० हजारको हाराहारीमा रहेको जनाउनुभएको छ।
आरएसएफले सुडानका गाउँहरू, विशेष गरी अल–जाजिराको कृषि क्षेत्रमा बारम्बार घेराबन्दी र आक्रमण गरेको छ।
बिहीबारको जानकारीमा आरएसएफले वाड अल–नौरा क्षेत्रका तीनवटा सैन्य शिविरमा आक्रमण गरी सहर बाहिर दुश्मनसँग भिडन्त गरेको बताएको छ।















