के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?
वि.सं.२०८१ कात्तिक ७ बुधवार ०६:००
shares

काठमाडौं, ७ कात्तिक । अधिकृत पुँजी भन्नाले कम्पनीले आफ्नो जारी पुँजी वृद्धि गर्न सक्ने अधिकतम सीमा भन्ने बुझिन्छ । यस्तो अधिकतम सीमा कम्पनीको प्रबन्धपत्र संशोधन गरी वृद्धि गर्न सकिने कानुनी व्यवस्था छ ।
जारी पुँजी भन्नाले कम्पनीले शेयरधनीहरु बाट संकलन गर्ने लक्ष्य राखेको पुँजीलाई बुझिन्छ । शेयरधनीहरुले सोही अनुरुप पुँजी जम्मा गर्ने प्रतिवद्धता जाहेर गरेका हुन्छन् ।
चुक्ता पुँजी भन्नाले कम्पनीद्वारा जारी गरिएको, शेयरधनीहरुले कबोल गरेको पुँजी मध्ये सम्बन्धित शेयरधनीहरुबाट चुक्ता गरिएको कुल पुँजी भन्ने बुझिन्छ । उदाहरणको लागि एक सय रुपैयाँ प्रति शेयरका दरले जारी गरिएको शेयरमा शेयरधनीहरुबाट प्रतिशेयर ५० रुपैयाँ मात्र तिरेको भएमा ५० रुपैयाँ प्रति शेयर चुक्ता मूल्य हुन्छ ।















