सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ कात्तिक ७ बुधवार १०:४१
2.72K
shares
shares

काठमाडौं, ७ कात्तिक । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा बढेको छ । सुनको मूल्य प्रतितोला ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलामा १ लाख ६५ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर ८ सयले बढेर १ लाख ६६ हजार ६ सयमा कायम भएको हो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार १ सयमा कारोबार भएको चाँदी बुधबार बढेर २ हजार १३५ रुपैयाँमा कायम भएको छ ।















