Dhulikhel Eco Banner new

प्रभु सेलेक्ट फण्डले भदौमा कमायो १६ करोड ६४ लाख नाफा

2.68K
shares

काठमाडौं, ११ असोज । प्रभु सेलेक्ट फण्डले भदौ मसान्तसम्ममा १६ करोड ६४ लाख नाफा कमाएको छ । यो नाफा साउन मसान्तको तुलनामा भने ४८ प्रतिशत कम हो ।

साउन मसान्तमा फण्डको कुल आम्दानी ३२ करोड ५८ लाख रहेकोमा भदौ मसान्तमा घटेर १७ करोड १८ लाखमा झरेको हो ।

साउन मसान्तमा फण्डको न्याभ १४ रुपैयाँ ९ पैसा रहेकोमा भदौ मसान्तमा १२ रुपैयाँ ८४ पैसामा झरेको छ । त्यस्तै फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा १ अर्ब २१ करोड भन्दा बढी लगानी गरेको छ ।