आँगनका मिठाइ उत्पादन गर्ने कम्पनीलाई विभागले तिरायो २ लाख जरिवाना
वि.सं.२०८१ असोज १६ बुधवार १२:३२
shares

काठमाडौं, १६ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आँगन स्वीट्सका मिठाइ उत्पादन हुने कम्पनी आकाश फुड्समा छापा मारेको छ ।
बाढीले भिजेको, प्याकेजिङ खुइलिसकेका, एकपटक प्रयोग भइसकेको तेल पुन पटक पटक प्रयोग गरी मिठाई उत्पादन भइरहेको भेटिएपछि विभागले २ लाख रुपैयाँ जरिबाना तिराएको हो ।
विभागले जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टलाई पनि नगद जरिवाना तिराएको छ । ब्राण्ड उल्लेख नभएको मैदा प्रयोग भएको, उत्पादन मिति उल्लेख हुने लेबल नभएको सामान प्रयोग भएको भेटिएपछि उक्त रेष्टुरेन्टलाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको हो ।



















