मञ्जुश्री फाइनान्सको लाभांश घोषणा
वि.सं.२०८१ मंसिर २४ सोमवार ११:००
2.11K
shares
shares

काठमाडौं, २४ मंसिर । मञ्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ । आइतबार साँझ बसेको सञ्चालक समिति बैठकले शेयरधनीका लागि कुल ६.३५ प्रतिशत करसहित नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने भएको हो । विगत दुई वर्ष कम्पनीले नगद लाभांश मात्रै प्रदान गरेको छ । कम्पनीको मूल्य प्रतिकित्ता ७२४ रुपैयाँ छ ।



















