Dhulikhel Eco Banner new

हिमालयन डिष्टिलरीले गर्यो लाभांश घोषणा

2K
shares

काठमाडौं, २४ मंसिर । हिमालयन डिष्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश दिने निणर्य गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (करसहित) गरी जम्मा २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश प्रस्ताव पारितका लागि कम्पनीले पुष २८ गते बिहान १० बजे पर्सा जिल्लाको विरगन्ज महानगरपालिका वडा न २१ लिपनिविर्ता स्थित कम्पनीको रजिस्टर कार्यालयमा बस्ने गरी सभा आव्हान गरेको छ । जसका लागि पुष १९ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ।