Dhulikhel Eco Banner new

प्रतितोला ७ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.43K
shares

काठमाडौं, १२ जेठ । स्थानीय बजारमा सोमवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतवार तोलामा १ लाख ९१ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य सोमवार ७ सयले घटेर प्रतितोला १ लाख ९१ हजार १ सयमा कायम भएको हो ।

त्यस्तै, सोमवार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतवार तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार सोहि मूल्यमा कायम भएको छ ।