Dhulikhel Eco Banner new

यातायात कार्यालय बाराद्वारा आठ करोड २१ लाख राजस्व संकलन

2.55K
shares

काठमाडौं, १२ जेठ । यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा आठ करोड २१ लाख ७० हजार १३२ राजस्व संकलन गरेको छ ।

कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रद ढंगले राजस्व संकलन गर्दै आइरहेको जानकारी दिए । “कार्यालयले औसतमा मासिक ६१ लाखको हाराहारीमा राजस्व संकलन गर्दै आइरहेको छ”, उनले भने ।

कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ तीन करोड ८३ लाख ८७ हजार २६७ रकम राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवमा सवारी चालक अनुमति पत्र पास नयाँतर्फ एक करोड ६९ लाख ६५ हजार राजस्व संकलन गरेको छ । त्यस्तै अनुमति पत्र पास थपतर्फको शीर्षकमा २८ लाख ४२ हजार राजस्व संकलन गरेको छ । अनुमति पत्र दर्ता नयाँ शीर्षकमा भने ८३ लाख ७६ लाख राजस्व संकलन भएको छ ।

त्यस्तै अनुमति पत्र दर्ता थप शीर्षकमा ३३ लाख ६२ हजार, अनुमति पत्र नवीकरणतर्फ रु २७ लाख १६ हजार, सवारी विविधतर्फ रु आठ लाख २८ हजार ९५० राजस्व संकलन गरेको छ । त्यस्तै आयकरतर्फ रु आठ लाख ६० हजार ५२५ र पटके करतर्फ ३९ लाख ९२ हजार ४० रकम राजस्व संकलन गरेको छ ।