केजीएस विद्यार्थी परिषद्को निर्वाचन सम्पन्न, नयाँ नेतृत्व चयन
वि.सं.२०८२ जेठ १२ सोमवार ११:४५
shares

काठमाडौं, १२ जेठ । गोङ्गबुस्थित काठमाडौं ग्लोबल स्कुल (केजीएस)मा विद्यार्थी परिषद्को निर्वाचन भव्य रूपमा सम्पन्न भएको छ । शैक्षिक सत्र २०८२ का लागि आयोजित निर्वाचनमा विभिन्न पदमा प्रतिनिधिहरू चयन गरिएका छन् ।
गत शुक्रबार बिहान ११ः३० बजे विद्यालयका संस्थापक प्रधानाध्यापक मनोज आचार्यको मतदानसँगै औपचारिक रूपमा सुरु भएको निर्वाचन अपरान्ह ४ बजे सम्पन्न भएको हो । कक्षा ३ देखि १० सम्मका विद्यार्थी, शिक्षक, कर्मचारी तथा प्रत्येक उम्मेदवारका एक जना अभिभावक गरी करिब १००० मतदाताले मतदान गरेका थिए ।
निर्वाचनको नतिजा अनुसार हेड गर्ल पदमा युरेका न्यौपाने विजयी भइन् भने हेड ब्वाइ पदमा कृतेश कँडेल निर्विरोध निर्वाचित भए । त्यस्तै, जेबीआर पदमा डेनिम तामाङ र जेजियार पदमा प्रीटी लामिछाने अत्यधिक मत ल्याउँदै विजयी भए ।
सदन क्याप्टेनतर्फ नीलो, हरियो, रातो र पहेंलो सदनका क्याप्टेनमा क्रमशः निर्जल थपलिया, शोभन सिटौला, आस्था शाही ठकुरी र कृपा तिमल्सिना विजयी भएका छन् । उनीहरूका सहकर्मी (भाइस क्याप्टेन) का रूपमा समिका भट्टराई (नीलो), सार्थक चौलागाईं (हरियो), दिक्षिता पनेरु (रातो) र सादिया अमान मन्सुर (पहेंलो) विजयी भएका छन् ।
विद्यालयले हरेक वर्ष जस्तै यस वर्ष पनि विद्यार्थीलाई लोकतान्त्रिक आचरण, नेतृत्व क्षमता, व्यक्तित्व विकास र निर्वाचन प्रक्रियाको व्यावहारिक ज्ञान दिन औपचारिक निर्वाचन प्रक्रिया अपनाएको हो । प्रधानाध्यापक मनोज आचार्यले विद्यार्थी नेतृत्व विकासका लागि यस्तो कार्यक्रम महत्वपूर्ण भएको बताए ।
कार्यक्रम संयोजक दीपक भण्डारीका अनुसार नवनिर्वाचित प्रतिनिधिहरूलाई जेठ २३ गते एक विशेष समारोहबीच पद हस्तान्तरण तथा सपथग्रहण गराइनेछ ।
मतदानमा सहभागी अभिभावक होम बहादुर भट्टराईले विद्यालयले अभिभावकलाई पनि सहभागिता गराउनु सकारात्मक पक्ष भएको भन्दै सबै उम्मेदवारलाई शुभकामना दिएका छन् ।

















