सम्पदा लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ असार २४ मंगलवार ११:१२
shares

काठमाडौं, २४ असार । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका शेयरधनीहरुको नाममा रहेको ८ हजार ३०० कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो।
उक्त शेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने ब्यवस्था भए बमोजिम बिक्रीमा राखिएको संस्थाले जनाएको छ। यदि कुनै संस्थापक शेयरधनीहरु संस्थाको संस्थापक शेयर खरिद गर्न इच्छुक भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्नेछ ।
उक्त शेयर संस्थाको केन्द्रीय कार्यालय बन्दीपुर–१, डुम्रे, तनहुँमा आफूले खरिद गर्ने सेयर कित्ता संख्याको ब्यहोरा खुलाउनु पर्नेछ । उक्त समय भित्र हाल कायम संस्थापक शेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाइ सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने संस्थाले उल्लेख गरेको छ ।















