विश्व बैंकबाट तीन अर्ब अमेरिकी डलर सहयोग
वि.सं.२०७९ असार ५ आइतवार १४:२४
shares

काठमाडौं, ५ असार । विश्व बैंक नेपाल एक सहयोगि साझेदार हो । विश्व बैंकले हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको सहयोग गरेको छ । बैंकले २५ आयोजनामा सहकार्य भएको र तीन अर्बभन्दा बढी रकमा सहयोग गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच भएको घटवार्ताका क्रममा मन्त्री शर्माले यस्तो बताएका हुन् । अर्थमन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखी रही आएको सम्बन्ध र विकास साझेदारीको विषयमा स्मरण गरकाएका थिए ।
नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखी भरपर्दो साझेदार संस्थाको रुपमा रहेको बताए । केही महत्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा रहेको र हाल संचालित आयोजनाहरु निक्कै महत्वपूर्ण र दुरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताए । विश्व बैंकले सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको बित्तीय सहयोगबाट नेपालसँग सहकार्य शुरु भएको थियो ।
विश्व बैंकले कोभीड–१९ पछिको परिस्थितिसँग जुध्नका लागि समेत नेपाललाई १ सय २२ मिलियन अमेरिकी डलर बराबरको बित्तीय सहयोग गरेको मन्त्री शर्माले उल्लेख गरे । ‘विश्व बैंकसँगको बित्तीय सहकार्यमा संचालित आयोजनाहरु समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्नका लागि सरकार प्रयास रहनेछ’ मन्त्री शर्माले भने ।
भेटघाटका क्रममा विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकोमा खुसी व्यक्त गरेको जनाइएको छ । उनले नेपालको विकास साझेदारको रुपमा सहभागी हुन पाउँदा खुसी लागेको भनदै आगामी दिनमा पनि बित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्याउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।



















