प्रतितोला १ हजार ३ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ भदौ ५ बिहीवार ११:२७
2.34K
shares
shares

काठमाडौं, ५ भदौ । स्थानिय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ३ सयले बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।
बुधवार प्रतितोला १ लाख ९३ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य बिहीबार १ हजार ३ सयले बढेर प्रतितोला १ लाख ९४ हजार ८ सयमा कायम भएको हो ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । बुधवार २ हजार २५५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २९० रुपैयाँ कायम भएको छ।









