Dhulikhel Eco Banner new

दराज नेपालद्वारा सातौं वार्षिक सेलर सम्मिट भव्य रूपमा सम्पन्न, उत्कृष्ट विक्रेताहरू सम्मानित

2.59K
shares

काठमाडौं, ५ भदौ । नेपालकै अग्रणी अनलाइन मार्केटप्लेस दराज नेपालले आफ्नो सातौं वार्षिक सेलर सम्मिट भव्यताका साथ ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा सम्पन्न गरेको छ। “ह्याप्पी सेलिंग” भन्ने नारासहित साउन ३० गते आयोजित कार्यक्रममा देशभरिबाट करिब ४७० जना विक्रेताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

विक्रेताहरूको सशक्तिकरणलाई प्राथमिकतामा राख्दै दराजले यस वर्षको सम्मिटलाई अघिल्ला वर्षहरूभन्दा अझ परिस्कृत र सुदृढ रूपमा प्रस्तुत गरेको छ। कार्यक्रममा विक्रेताहरूको अनुभवलाई सहज बनाउने, पहिचानलाई एकीकृत गर्ने, संलग्नता बढाउने, योगदानलाई सम्मान दिने र व्यापारलाई सबल बनाउने उद्देश्यसहित विभिन्न स्रोत र सहुलियतहरू प्रदान गरिएको दराजले जनाएको छ।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले आफ्नो कीनोट प्रस्तुतिमार्फत विक्रेताहरूप्रति आभार व्यक्त गर्दै दराजको सफलताको मूल आधार नै उनीहरूको समर्पण र लगनशीलता भएको उल्लेख गरिन्। उनले दराजले साना तथा मझौला उद्यमहरूलाई सक्षम बनाउन, डिजिटल उपकरणहरू प्रदान गर्न र लाखौं उपभोक्तासम्मको पहुँच दिलाउन निरन्तर काम गरिरहेको बताइन्।

दराजको नेतृत्व टोलीले समेत विक्रेतासँगको सहकार्यले कम्पनीको वृद्धि र नेपालमा ई–कमर्सको विस्तारमा खेलेको भूमिकाबारे आफ्ना विचारहरू साझा गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षणमध्ये एक २२ जना उत्कृष्ट विक्रेता तथा एफिलिएटहरूलाई सम्मानित गर्ने अवसत्था रह्यो। दराजले उनीहरूको लगनशीलता, नवीनता र ग्राहकप्रति समर्पणका आधारमा उत्कृष्ट विक्रेता घोषित गर्दै प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेको थियो।

सम्मानित व्यक्तित्व तथा संस्थाहरूमा “सेलर अफ द इयर २०२५” बाट वान प्लस, “मनबाटै नेपाली अवार्ड” बाट त्रीकाया, “टप एसएमई सेलर” बाट स्मार्ट च्वाइस एनपी लगायत विभिन्न विधामा रहेका विक्रेताहरू समावेश थिए।

दराज नेपालले यो सम्मिटलाई विक्रेताहरूको सम्मान मात्र नभई भविष्यमा अझ मजबुत सहकार्यको सुरुवातका रूपमा लिएको छ। कम्पनीले आगामी दिनमा पनि विक्रेताहरूको दिगो वृद्धिमा सहकार्य गर्दै नेपालको ई–कमर्स उद्योगलाई थप सबल बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ।