Dhulikhel Eco Banner new

विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने

3.42K
shares

काठमाडौं, १८ कार्तिक । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ।

कात्तिक १७ गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको आफ्नो उद्देश्य बमोजिम दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीको हाल कायम चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

यो निर्णय नियमनकारी निकायबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारणसभामा पेश गर्ने कम्पनीले जानकारी दिएको छन्।