Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब १५ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.39K
shares

काठमाडौं, १८ कात्तिक । शेयर बजारमा ५ अर्ब १५ करोडको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २७ करोड रुपैयाँ कारोबार भएको हो ।

यसदिन राधी विद्युतको २२ करोड ४६ लाख रुपैयाँ कारोबार भएको छ भने युनियन हाइड्रोपावरको १८ करोड ७६ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी, सिंगटी हाइड्रोको १८ करोड ४५ लाख रुपैयाँ कारोबार भएको छ भने शिवम सिमेन्टको १८ करोड २८ लाख रुपैयाँ कारोबार भएको छ ।