सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ कात्तिक २५ मंगलवार १५:२४
shares

काठमाडौं, २५ कात्तिक । मंगलवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ३.२१ अंकले बढेर २,५६५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ६२ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा शाइन रेसुंगा डिबेन्चर र बन्दिपुर केबलकारका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
यसदिन माबिलुङ इनर्जी र सागर डिष्टीलरीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने बुंगल हाइड्रोका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
















