Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.61K
shares

काठमाडौं, २६ कात्तिक । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २०.५६ अंकले घटेर २,५६५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ८४ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा भुगोल इनर्जी र सागर डिष्टीलरीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन बुंगल हाइड्रो र बन्दिपुर केबलकारका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने अपर सोलु हाइड्रोपावरका लगानीकर्ताले ५.४१ प्रतिशतका दरले कमाएका छन् ।