दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा भने वृद्धि
वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०७
shares

काठमाडौं, २६ कात्तिक । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २०.५६ अंकले घटेर २,५६५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ८४ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा भुगोल इनर्जी र सागर डिष्टीलरीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, दरमखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.७२ प्रतिशतका दरले गुमाएका हुन् ।

















