Dhulikhel Eco Banner new

विन नेपाल र स्वरोजगार लघुवित्त मर्ज हुने

8.03K
shares

काठमाडौं, ११ पुुस । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज हुने भएका छन्।

काभ्रेपलाञ्चोकको बनेपा–१३ मा केन्द्रीय कार्यालय रहेको विन नेपाल लघुवित्त र बनेपा–५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्तबीच मर्जर प्रक्रिया अगाडि बढाउन पुस ९ गते साँझ ५ बजे प्रारम्भिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको हो।

विन नेपाल लघुवित्तका कम्पनी सचिव विरेन्द्र भक्त प्रधानाङ्गाका अनुसार एमओयूमा हस्ताक्षरसँगै दुवै संस्थाबीच मर्जरसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइनेछ। मर्जपछि संस्थाको पूँजी, सेवा विस्तार र वित्तीय पहुँच थप सुदृढ हुने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंक तथा सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि मर्जर प्रक्रिया अन्तिम चरणमा पुग्ने जनाइएको छ।