Dhulikhel Eco Banner new

लक्ष्मी सन्राइज बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित

4.32K
shares

काठमाडौं, १४ पुस । लक्ष्मी सन्राइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा पुस १४ गते काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ।

साधारण सभामा आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण माथि छलफल गरी स्वीकृति प्रदान गरिएको छ। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति पनि साधारण सभाले गरेको छ।

अर्थतन्त्रमा बैंकको स्थिति बलियो रहेको देखाउँदै, आ।व। २०८१/८२ मा बैंकले रु ३७१ अर्ब निक्षेप संकलन गरेको थियो भने रु २८७ अर्ब कर्जा प्रवाह गरेको थियो। सो अवधिमा बैंकको कुल वासलातको आकार रु ४४३ अर्ब रहेको छ। यसै अवधिमा बैंकले रु ४ अर्ब ६ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिइएको छ।