Dhulikhel Eco Banner new

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड

5.43K
shares

काठमाडौं, १८ पुस । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड भएको छ। कम्पनीले पुस ७ गतेदेखि पुस ११ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले न्यूनतम ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँ बराबरको आवेदन माग गर्दै कुल ९ लाख २४ हजार ७६८ कित्ता आईपीओ निष्कासन गरेको थियो।

आईपीओमा बिक्री अवधिभर कुल ५ लाख ३२ हजार ८८८ जनाले आवेदन दिएका थिए। जसमध्ये १३ हजार ८४२ जनाको आवेदन रद्द भई ५ लाख १९ हजार ४६ जनाको आवेदन मात्र स्वीकृत भएको कम्पनीले जनाएको छ।

स्वीकृत आवेदकमध्ये १८ हजार ४९५ जनाले समानुपातिक रूपमा ५०र५० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। तीमध्ये १८ जनाले थप १र१ कित्ता पाउँदै कुल ५१ कित्ता हात पारेका छन्। बाँकी सबै आवेदकले भने सेयर प्राप्त गर्न सकेनन्।

धेरै आवेदकका कारण आईपीओ अत्यधिक ओभरसब्स्क्राइब भएपछि गोलाप्रथामार्फत सीमित लगानीकर्तालाई मात्र सेयर बाँडफाँड गरिएको हो।