एनआईएमबी बैंकका घोराही शाखाका कर्मचारीमाथि हातपात
वि.सं.२०८२ पुस २१ सोमवार १७:५९
shares

काठमाडौं, २१ पुस । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) को घोराही शाखामा कार्यरत कर्मचारी कर्जा असुलीको सिलसिलामा आइतबार ऋणीले हातपात गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहका अनुसार आइतबार कर्जा असुलीसम्बन्धी छलफलका क्रममा उक्त घटना भएको हो। बैंकले अभद्र व्यवहार तथा हातपातको आरोपमा प्रहरीमा जाहेरी दर्ता गराएको उनले जानकारी दिए।
प्रवक्ता शाहका अनुसार घटनापछि सम्बन्धित ऋणी घटनास्थलबाटै फरार भएका छन् र उनको खोजी कार्य जारी रहेको छ। ‘कर्जा असुलीको क्रममा हातपात भएको भन्ने उजुरी आएको छ,’ उनले भने, ‘घटनामा संलग्न व्यक्ति फरार रहेकाले खोजी भइरहेको छ।’
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) घोराही शाखाका विभाग प्रमुख नविन थापाले कर्जा असुलीको क्रममा ऋणीले बैंकका एक कर्मचारीमाथि हातपात गरेको घटना भएको स्वीकार गरेका छन्।
“कर्जा असुलीको क्रममा ऋणीले हाम्रो बैंकका एक कर्मचारीमाथि हातपात गरेका थिए,” थापाले भने।



















