Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि

3.34K
shares

काठमाडौं, २९ पुस । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.९० अंकले बढेर २६३९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ९९ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.०४ प्रतिशतका दरले गुमाएका छन् ।