सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ पुस २९ मंगलवार १५:१६
shares

काठमाडौं, २९ पुस । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.९० अंकले बढेर २६३९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ९९ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी दोर्दी खोला जल विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.३८ प्रतिशतका दरले कमाएका छन् भने सुपर माडी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.०७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी १० प्रतिशत ऋणपत्रका लगानीकर्ताले ६.२० प्रतिशतका दरले कमाएका छन् भने १०.३०५ स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले ६.११ प्रतिशतका दरले कमाएका छन् ।















