Dhulikhel Eco Banner new

आज सोनाम ल्होसार पर्व मनाइँदै

5.19K
shares

काठमाडौं, ५ माघ । तामाङ समुदायको प्रमुख पर्व तथा नयाँ वर्षका रूपमा मनाइने सोनाम ल्होसार आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। माघ शुक्ल प्रतिपदाका दिन पर्ने यस पर्वले तामाङ समुदायको सांस्कृतिक पहिचान, परम्परा र धार्मिक आस्थालाई प्रतिबिम्बित गर्दछ।

यस अवसरमा आज गुम्बा तथा विहारहरूमा विशेष पूजा, प्रार्थना तथा धार्मिक अनुष्ठान गरिँदैछ। परम्परागत भेषभूषामा सजिएर सांस्कृतिक नृत्य, संगीत प्रस्तुत गर्ने र एक–आपसमा शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्षलाई स्वागत गर्ने चलन रहेको छ।

सोनाम ल्होसारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदाका कारण सरकारी कार्यालय, शैक्षिक संस्था, अधिकांश बैंक तथा वित्तीय संस्था बन्द रहेका छन्। साथै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) समेत आज बन्द रहनेछ।

सोनाम ल्होसारले आपसी सद्भाव, शान्ति र समृद्धिको कामना गर्दै नयाँ वर्षको शुभारम्भ गर्ने विश्वास गरिन्छ।