Dhulikhel Eco Banner new

लुम्बिनी जनरलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

5.36K
shares

काठमाडौं, १४ असार । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७÷ ०७८ को लागि प्रस्ताव गरेको कुल १० प्रतिशत लाभांश सुरक्षित गर्ने असार १४ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब १९ करोड ८८ लाख ९० हजारको आधारमा कुल रू. ११ करोड ९८ लाख ८९ हजार बराबरको लाभांश वितरण गर्ने तयारी गरेको हो ।

कुल लाभांशमध्ये ९ दशमलव ५२ प्रतिशत बोनस शेयरका लागि रू. ११ करोड ४१ लाख ८० हजार र शून्य दशमलव ४८ प्रतिशत कर प्रयोजनका लागि रू. ५७ लाख ९ हजार बराबरको रकम वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।
प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले असार २९ गते १७ औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।

उक्त सभा प्रयोजनका लागि असार १५ गते एक दिन बुक कलोज गर्ने भएकाले असार १४ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुने छन् ।
कम्पनीले गत वर्ष पनि १० प्रतिशतनै लाभांश वितरण गरेको थियो । कम्पनीले गत वर्ष ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।