Dhulikhel Eco Banner new

सिद्धार्थ बैंक ‘अवार्ड फर कर्पोरेट एक्सीलेन्स–२०२५’बाट सम्मानित

3.82K
shares

काठमाडौं, १९ माघ । सिद्धार्थ बैंक लिमिटेड ‘अवार्ड फर कर्पोरेट एक्सीलेन्स–२०२५’ अन्तर्गत कमर्शियल बैंकिङ क्याटागोरीमा सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रा. लि.ले वार्षिक रूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।

माघ १६ गते सम्पन्न अवार्ड समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वर प्रसाद बस्यालले अवार्ड ग्रहण गरेका थिए । मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा समग्र कार्यसम्पादनमा बैंकले पुर्‍याएको योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

यस अवार्डले बैंकका ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास बैंकले व्यक्त गरेको छ । साथै, आगामी दिनहरूमा अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न यो सम्मान प्रेरणाका रूपमा रहने बैंकको भनाइ छ ।

खुशीको यस अवसरमा सिद्धार्थ बैंकले निरन्तर सहयोगका लागि आफ्ना ग्राहक, सरोकारवाला निकाय तथा सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।